धादिङ । प्रथम बंगबन्धु खुला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३मा धादिङका तेक्वान्दो टोलीले ९ वटा पदक जितेको छ।
बंगलादेश तेक्वान्दो महासंघको आयोजनामा बंगलादेशको ढाकास्थित जिरामीमा कात्तिक २ देखि ४ गते (१९–२१अक्टुबर) सम्म भएको प्रतियोगितामा धादिङका तेक्वान्दो खेदाडीहरुले २ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेका हुन् ।
प्रतियोगितामा धादिङका रिदम श्रेष्ठ र कैलाश श्रेष्ठले स्वर्ण, आकाश श्रेष्ठ, प्रदिप गिरी, रिजन श्रेष्ठ र सुगम श्रेष्ठले रजत, धनबहादुर गुरुङ, दिव्यासु कंडेल र स्मृति श्रेष्ठले कास्य पदक जितेका हुन् ।
धादिङबाट १० खेलाडी सहभागी थिए ।
उक्त प्रतियोगितामा धादिङको १० सहित नेपालबाट १५० जना खेलाडी सहभागी थिए भने विश्वका विभिन्न १२ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।
उक्त च्याम्पियनसिपमा प्रदिप गिरी(तौल समूह ८७), धन बहादुर गुरुङ (तौल समूह ५४), कैलाश श्रेष्ठ(तौल समूह ५१),आकाश श्रेष्ठ(तौल समूह ३४), रिजन श्रेष्ठ(तौल समूह ३८), रिदम श्रेष्ठ(तौल समूह २५), स्मृति श्रेष्ठ(तौल समूह २९), सुगम श्रेष्ठ(तौल समूह ३७) र दिन्याम्सु कँडेलले प्रतिस्पर्धा गरेका थिए।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |