धादिङ । धादिङ प्रहरीले संरक्षित वन्यजन्तुको सालकको आखेटोपहारसहित एक महिलालाई पक्राउ गरेको छ ।
बिहिबार धादिङ नीलकण्ठ नगरपालिका वडा नं. १२ मदने भन्ने स्थानबाट लोपउन्मुख संकटपन्न वन्य जन्तु सालकको सिङ्गै छाला(आखेटोपहार)सहित सोही ठाउँकी सरिता राउतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राउतको घरमा सालकको छाला लुकाई छिपाई राखेको छ भन्ने सुचना प्राप्त भएपछी खटिएको प्रहरीले राउतको घर खोजतलासी गर्दा घरको माथिल्लो तल्लामा काठको फल्याकमा लुकाई सुकाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेर आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङलाई बुझाईएको प्रहरीले जानकारी दिएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |