धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं को २१ औं राष्ट्रिय पार्षद भेला आजदेखी सदरमुकाम धादिङबेसीमा सुरु हुदैँछ।
भेलामा देशभरिबाट करिब १ सय ५० जना प्रतिनिधि र पर्यवेक्षकहरु सहभागि हुने भेलाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको तमू विद्यार्थी छोज धीं धादिङका अध्यक्ष अनील तमूले बताउनुभयो ।
कार्यक्रमको समुद्घाटन तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष कर्ण तमूले गर्ने उहाँले बताउनुभयो ।
आज कार्यक्रम उद्घाटन पूर्व धादिङबेसी पुछारबजारबाट सिरानबजारसम्म तमू भेषभुषा तथा झाँकि सहितको ¥याली,विविध सांस्कृतिक कार्यक्रम सहितको बन्द सत्रको कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
धादिङ जिल्लाको व्यवस्थापनमा गुरुङ समुदायको राष्ट्रिय स्तरको यो पहिलो कार्यक्रम हो ।कार्यक्रम भोलि आईतबारसम्म हुनेछ।
२०५२ सालमा स्थापना भएको संगठनले सम्पूर्ण विद्यार्थी संगठनहरुबीचको पारस्परीक सहयोग र सद्भाव, गुरुङ समुदायको भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण संवद्र्धन गर्दै समग्र गुरुङ सदुदायको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक र पहिचान सहितको अधिकार प्राप्तिको लागि काम गर्दै आएको छ ।
यो राष्ट्रिय भेलाले संगठनको विधि, विधान र नीति निर्माण तय गर्ने नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं का केन्द्रिय अध्यक्ष विश्वराज गुरुङले पत्रकार सम्मेलनमा बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |