धादिङ । सदरमुकाम धादिङवेसीमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयमा “शिक्षक अभिभावक संघ” गठन गरिएको छ।
सोमबार एक भेलाका बीच नवराज तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय विद्यालयको शिक्षक–अभिभावक संघ गठन गरिएको हो।
तिमल्सिनाको अध्यक्षतामा रहेको उक्त कार्यसमितिमा मिरा विसुङ्खे, कमला श्रेष्ठ, श्री सुभद्रा अधिकारी, पवित्रा दनै, टाकाबहादुर श्रेष्ठ, भगवती श्रेष्ठ, प्रदिपराज रेग्मी, पदेन सदस्य वि.व्या.स. अध्यक्ष, पदेन सदस्य शिक्षक प्रतिनिधि र सदस्य सचिब विद्यालय प्रधानाध्यापक रहनुभएको छ।
विद्यालयमा गत पुस १६ गते भएको अभिभावक भेलाबाट छनौट भएका प्रतिनिधि अभिभावकहरूबाट ८ जना सदस्य र विद्यालयको तर्फबाट ३ जना पदेन सदस्य सहित ११ सदस्यीय समिति गठन गरिएको हो।
नमुना विद्यालय नीलकण्ठ माविमा २ हजार ८ सय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |