धादिङ । प्रगतिशील लेखक संघ धादिङको अध्यक्षमा रमेश अधिकारी चयन हुनुभएको छ।
संघको दोस्रो जिल्ला सम्मेलनले आगामी तीन वर्षका लागि अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सीताराम कोइराला, सचिवमा लालकाजी श्रेष्ठ, कोषाध्यक्षमा इन्द्रकुमारी ढकाल, उपसचिवमा माधव गुरुङ र सदस्यहरुमा सिर्जना अधिकारी, गायत्री खतिवडा, उदय सामरी र बद्री अधिकारीलाई निर्वाचित गरेको छ।
यसैगरी सम्मेलनको अवसरमा प्रगतिशील लेखक संघ बागमती प्रदेशले धादिङका दुईजना प्रगतिशील लेखक तथा साहित्यकारलाई सम्मान गरेको छ ।
बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु निवासी उत्तम कँडेल र नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी इन्द्रकुमारी ढकाललाई सम्मान गरिएको हो ।
‘जोखिमका पाइला’ पुस्तक लेखेर माओवादी युद्धमा आफूले भोगेका अनुभव लेखेका उत्तम कँडेल २०३२ सालमा विद्यार्थी राजनीतिमा लागेपछि राजनीतिक आन्दोलन र सामाजिक अभियानहरुमा जनताको पक्षमा लागेका कँडेल जिल्ला विकास समितिका पूर्व उपसभापति, नेकपा माले, नेकपा एमाले र नेकपा माओवादी केन्द्र हुँदै हाल १० वर्षदेखि पार्टी राजनीति छाडेर स्वतन्त्र बसेका छन् । उनका श्रीमती र २ छोरीहरु छन् ।
यसैगरी बाल्यकालमा दाजुले लेखेर फालेको कापी हेरेर चित्त बुझाएका इन्द्रकुमारी ढकाल अनुभवका विश्वविद्यालय सरह भएका ढकालले अँध्यारोभित्रको दियो कविता सङ्ग्रह प्रकाशन गरेका छन् । अनौपचारिक शिक्षाबाट चेतना छरेको र आफ्ना अनुभव र भोगाइहरु कविता मार्फत प्रस्तुत गर्नुभएकोले सम्मान गरिएको आयोजकको तर्फबाट सिर्जना अर्यालले बताउनुभयो ।
संघको बागमती प्रदेश अध्यक्ष डा. हरी सिलवाल र उपाध्यक्ष बैरागी जेठाले सम्मानित व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |