काठमाण्डौ विश्वकै प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार आज काठमाण्डौ सबैभन्दा धेरै प्रदूषित शहर बनेको हो ।
आईक्यू एअर ले आज दिउँसो काठमाण्डौको वायु गुणस्तर सूचक १ सय ९४ मापन गरेको थियो । अहिले वायु गुणस्तर सूचक १ सय ८७ मा झरे पनि काठमाण्डौ पहिलो नम्बरमै छ ।
दोस्रो स्थानमा रहेको चीनको बेइजिङको वायु प्रदूषण सूचक १ सय ५७ भने तेस्रो स्थानमा रहेको भियतनामो हानोईको वायु गुणस्तर सूचक पनि १ सय ५७ मापन गरिएको छ ।
वायु गुणस्तर सूचक १ सयभन्दा माथि हुनु स्वास्थ्यका लागि जोखिमयुक्त मानिन्छ ।
एक्यूआई २ सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर नै मानिन्छ । सुक्खायाम शुरु भएसँगै जङ्गलमा लागेको डढेलो, पर्याप्त वर्षा नहुनु, काठमाण्डौको धुलाम्मे सडक, फोहर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |