२०८१ साल शुरु भएपछि आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ ।
वैशाख १ गतेदेखि हिजो बिहीवार १३ गतेसम्ममा घर तथा संरचनामा भएको आगलागीमा परेर ८ जना र वन डढेलोमा परेर २जना गरी १० जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
उक्त समयमा सात सय ३५ वटाभन्दा धेरै घरमा आगो लागिसकेको छ । आगलागीले घर संरचना, पशुचौपाया, अन्नपात, गरगहना, नगदलगायत जल्दा २२ करोड १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्राधिकरणको प्रारम्भिक अनुमान छ ।
डढेलो बस्तीमा पसेर घरमा आगलागीका घटना पनि बढेका हुन् । वैशाख १ गतेदेखि आज शुक्रवार १४ गतेसम्ममा देशभरका एक हजार सात सय ७० वटाभन्दा धेरै ठाउँको जङ्गलमा डढेलो लागेको वन तथा भूसंरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीले देखाएको छ ।
अहिले पनि देशका दुई सय ५० वटाभन्दा धेरै ठाउँमा बलिरहेको डढेलो छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |