धादिङ। रियालिटी शो “द पोएट आइडल”को दोस्रो सिजन अन्तिम चरणमा आइपुगेको छ ।आइडलको फाइनल राउन्डमा चार जना कविहरुको प्रवेश भइसकेको छ ।
धादिङ स्थायी घर भएकी मेडिकल डाक्टर मुस्कान पोखरेल, इलामका विजय लुइँटेल, सिक्किमका सिमियोङ सुकिता राई र कैलालीका मोहित जोशी अन्तिम चारमा पुगेका छन् ।
धादिङकी डा.पोखरेल जितको पर्खाइमा छिन् । उनको परिचय यतिबेला कविको रुपमा पनि दर्ज भएको छ । अन्तिम चारमा पुगेकी उनको अबको जितको निर्धारण भने भोटिङले गर्ने छ ।
मुस्कानको उत्कृष्ट सिर्जनाले गर्दा अहिले उनलाई जिताउन देशबिदेशबाट लागिपरेका छन् ।मुस्कानले आफुलाई अत्याधिक भोट हालेर बिजय गराउन समस्त स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेकी छन् ।
मुस्कान पोखरेललाई भोट गर्न आफ्नो मोबाईलमा ओएसआर कनेक्ट एप डाउनलोड गरी द पोएट आईडल थिचेर त्यसमा मुस्कान पोखरेलको फोटोमा क्लिक गरेर भोट गर्न सकिन्छ । विदेशबाट खल्ती र इ–सेवाबाट पनि भोट गर्न सकिन्छ ।
विजेताले नगद १० लाख रुपैयाँ र कविता कृति प्रकाशनको सम्झौता प्राप्त गर्ने छन् ।तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदैछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |