धादिङ। गंगाजमुना गाउँपालिका-२ का जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ ।
जनप्रतिनिधि, शाखागत कर्मचारी तथा सरोकारवालाहरुको लागि वडा नं. २ तावलमा आयोजित कार्यशालाको सोमबार वडा नं २ का वडाध्यक्ष बल बहादुर तामाङले उद्घाटन गर्नु भएको हो ।
वडाध्यक्ष तामाङले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि जिम्मेवारीपुर्वक कार्य गर्दै आएको बताउनुभएको छ। गंगाजमुना गाउँपालिकाका वडालाई बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरा गर्न सबै सरोकारवाला एकताबद्ध भएर घरघर, टोलटोलमा बालमैत्री व्यवहार अबलम्बन गरि बालबालिकाहरुको बाल अधिकार र शैक्षिक उपलब्धि र संस्कारयुक्त शिक्षा केन्द्रित अभियानमा लागि परेको बताउनुभयो ।
बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य भनेको बालबालिकाको सर्वाेत्तम हित, सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति, योजना , संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि वडा सरकारको भएकोले गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाको लागि अभियानकै रुपमा संचालन गर्न लागिएको बताउनुभयो ।
कार्यक्रममा गंगाजमुना गाउँपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रतिमा भट्टले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको बताउनु भयो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार, टोल बस्ती,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न वडा तहका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको बताउनुभयो।
वडाध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यशालामा वडा सदस्यहरु, वडाभर रहेका बिद्यालय प्रधानाध्यापकहरु, स्वास्थ्य संस्था प्रमुख, सहकारीका प्रतिनिधिहरु, महिला समुह, बालक्लबका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरु गरि ५६ जना सहभागी थिए ।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन तथा समुदाय परिचालन, बालबालिकामा लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिबद्धता गरेका छन् । यसैगरी अभिमुखिकरणकै क्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम वडाध्यक्ष बल बहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |