धादिङ । दलित समुदायको हित र शशक्तिकरणका लागि स्थानिय सरकारहरुले कार्यक्रमहरु नगरेको धादिङका दलित जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।
जनप्रतिनिधिहरुले दलित समुदायको हित र उनिहरुको लागि शशक्तिकरण र बिकासका लागि आफु संलग्न स्थानिय सरकारले कुनै कार्यक्रमहरु नगरेको बताएका छन् ।
बिहिबार धादिङबेशीमा जिल्ला समन्वय समितिको आयोजना तथा नीलकण्ठ नगरपालिकाकाको सहकार्य र दलित समुदायका लागी कानुनी सहायता तथा सुचना सचेतना केन्द्र धादिङको संयोजनमा भएको जातिय छुवाछुत तथा सामाजिक भेदभाव बिरुद्धको कसुर र सजाय ऐन २०६८ तथा सविधान कार्यान्वयन विषयक दलित जनप्रतिनिधिहरु र अगुवा कार्यकर्ताहरुबिचको अभिमुखिकरण कार्यक्रममा दलित जनप्रतिनिधिहरुले गुनासो गरेका हुन् ।
धुनिबेशी नगरपालिकाका कार्यपालिका सदस्य बिना मिजारले दलित समुदायको हित उनिहरुको लागि शशक्तिकरण र बिकासका लागि कार्यक्रम गर्न नसकेको बताउनुभयो ।
आरन, कल लगाएतका सामाग्री सहयोग दलित शशक्तिकरणको कार्यक्रम ल्याउन माग गर्दा आफ्नो कुरा नसुनेको गल्छी गाउँपालिका वडा न. १ का वडा सदस्य गोपाल बिश्वकर्माले बताउनुभयो ।
दलित अधिकार हकहित,आर्थिक शशक्तिकरण लगाएतका दलित र पछाडी पारिएका समुदायका लागि कार्यक्रम ल्याउन सिद्धलेक गाउँपालिकामा पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको सिद्धलेक वडा नं ४ का वडा सदस्य अन्जु बिसुन्खेले बताउनु भयो ।
उल्लेखित विषय प्रतिनिधि उदाहरण मात्र हुन् ।
यस बाहेक रुवीभ्याली, नेत्रावती डबजोङ, खनियाबास त्रिपुरासुन्दरी ज्वालामुखी लगाएतका गाउँपालिकामा दलित अधिकार उनिहरुको लागि आर्थिक उपार्जन, शशक्तिकरण र बिकासका कार्यक्रमहरु नल्याएको दलित जनप्रतिनिधिहरुले बताएका छन्।
नीलकण्ठ नगरपालिकाले दलित समुदायका लागी छात्रावृत्ति, पेशा तथा संस्कृतिका जगेनाका कार्यक्रमहरु, सचेतनाका कार्यक्रमहरु ल्याएको जनप्रतिनिधि राम्री नेपालीले बताउनुभयो ।
थाक्रे गाउँपालिकामा दलित छात्रावृत्तिकोष, उच्च शिक्षाका लागी सहयोग कार्यक्रम,प्रत्येक वडामा सिप प्रवधनका कार्यक्रम ल्याईएको कार्यपालिका सदस्य भुवलाल बिश्वकर्माले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य भुवन सुनारले मान्छे चन्द्रमामा पुगेर बस्ति बसाउने तथा समुन्द्र मुनी शहर बनाउन लागेको बेला हामी भने मान्छे मान्छे बिच छुवाछुतको कुरा गर्नुपरेकोमा दुःख लागेको बताउनुभयो ।
नेपालमा दलित जनप्रतिनिधिहरु माथी जातीय रुपमा छुवाछुत र दुब्र्यवहार हुने गरेको बताउँदै सुनारले दलित तथा पछाडी पारिएको समुदायको कार्यक्रमलाई केन्द्रमा राखेर निति योजना र बजेट बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप– प्रमुख दिपक बिश्वकर्माले जातिय रुपमा पछाडी पारिएकाहरुको लागी स्थानिय सरकारले निति बनाउँदै कार्यक्रम र बजेट ल्याउन कोसिस गरिएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका उप– प्रमुख कुलमान बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी बलराम ढकाल, दलित नेताहरु गोपाल विश्वकर्मा, बेग बहादुर सुनार, राम बहादुर नेपाली, जनप्रतिनिधि हरि बिश्वकर्मा लगाएतले दलित समुदायको समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |