धादिङ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट २ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका-४ बस्ने १७ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग।१ ख २९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |