सदरमुकाममा धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाइरहेको छ।
नीलकण्ठ-३ को बालमन्दिर मा.वि. नीलकण्ठ मा.वि र इजारा आ. वि. समायोजन गरि बनेको एकीकृत विद्यालय नीलकण्ठ बालमन्दिरले २०३१ साल जेठ १९ गते तत्कालीन नीलकण्ठ विद्यालय स्थापना भएको दिनलाई स्थापना दिवस मानी एकीकृत विद्यालय स्थापना र संचालनको ५० वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाईरहेको छ ।
स्वर्ण महोत्सवको उद्घाटन पूर्व उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कोईरालाले जानकारी दिनुभयो ।
अध्यक्ष कोईरालाले बिहिबार विद्यालयमा पत्रकार सम्मेलन गरी भोलि शनिबार पूर्व उपप्रधानमन्त्री खड्काको प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सव मूल समारोह आयोजना हुने जानकारी दिनुभएको हो ।
विद्यालयको स्वर्ण महोत्सवका उपलक्ष्यमा जेठ १६ गते धादिङ जिल्ला स्तरीय अन्तरविद्यालय हाजिरी जबाफ प्रतियोगिता, १७ गते विद्यालयको अन्तरसदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको र आज विशेष सांस्कृतिक झाँकी सहित धादिङवेसी बजारमा शिक्षक विद्यार्थीहरुको र्याली आयोजना गरिएको पत्रकार सम्मेलनमा कोईरालले बताउनुभयो ।
उहाँले स्वर्ण महोत्सव मूल समारोहमा सहभागी भई भव्यताका साथ सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
बालमन्दिर,नीलकण्ठ र इजारा आ. वि. समायोजन गरि बनेको एकीकृत विद्यालयको नियमित एकीकृत पठनपाठन गत वैशाख १० गते देखि सुरु भएको थियो ।
नीलकण्ठ नगरपालिकाको कक्षा १२ सम्म निःशुल्क शिक्षाको घोषणा कार्यान्वयन गर्न जनशक्ति तथा पूर्वाधार व्यवस्थापन सहजताका लागि गरिएको ठूला विद्यालयहरुको समायोजन पछि एकिकृत पठन पाठन र ब्यवस्थापन प्रभावकारी रुपमा अघि बढिरहेका बिद्यालयले जनाएको छ ।
हाल प्रारम्भीक कक्षा देखि कक्षा १० सम्म कुल २ हजार ४७८ जना विद्यार्थीहरु ५९ वटा कक्षा कोठामा अध्ययन गरिरहेका छन् । जसमध्ये ४८ वटा कक्षाकोठा पूर्ण रुपमा अंग्रेजी माध्याममा र ११ वटा कक्षा नेपाली माध्यममा अध्यापन भैरहेका छन् ।
समायोजनपछि सरकारी श्रोतबाट तलब खाने शिक्षकहरु ६९ जना र विद्यालय श्रोतबाट तलब खाने ५ जना गरि ७४ जना शिक्षकहरु र विद्यालय श्रोतबाट तलब खाने १७ जना सहित २० जना विद्यालय कर्मचारी गरि जम्मा ९३ जना र कक्षा ११ र १२ का लागि २५ जना पूर्णकालीन शिक्षक र ५ जना थप विद्यालय कर्मचारीको आवस्यकता पूर्ति गर्दा कुल १२३ जना शिक्षक कर्मचारीबाट बृहत एकिकत विद्यालय सञ्चालन हुने गरि ब्यवस्थापन गरिएको बिद्यालयले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |