धादिङ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रोफेसर डाक्टर केदार प्रसाद रिजालले कक्षाकोठालाइ सूचना प्रविधिसंग जोड्नुपर्ने बताउनुभएको छ ।
जिल्लामै पहिलो पटक नीलकण्ठ वहुमुखी क्याम्पस अन्तरगतको अनुसन्धान ब्यवस्थापन एकाईको आयोजनामा शुक्रबार भएको प्राज्ञिक सम्मेलनमा प्रोफेसर रिजालले शिक्षकले कक्षाकोठालाई सूचना प्रविधिसंग जोडेर अन्तरक्रियात्मक बनाउदै शिक्षण क्रियाकलाप संचालन गर्नुपर्ने बताउनुभएको हो ।
‘शिक्षण पद्धतीमा रुपान्तरण : कृत्रिम बौद्धिकता, नवीनता, खोज र प्रत्यावर्तन’ विषयक जिल्लास्तरीय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै रिजालले परम्परागत शिक्षण पद्धतीले विद्यार्थीको सिकाइ क्षमता र विद्यार्थीको सिर्जनशीलता घटाउदै गएको बताउनुभयो ।
उहाँले कक्षाशिक्षणका पद्धतीहरुलाइ समयानुकुल प्रविधिमैत्री बनाउदै जानु अहिलेको आवश्यकता रहेको पनि बताउनुभयो ।
प्राध्यापकहरुले गरेका अध्ययन अनुसन्धानहरुको नजिता कस्तो रह्यो ? त्यसले समाजमा कस्तो प्रभाव पारेको छ ? भन्ने विषयमा सरोकारवालाहरुलाई जानकारी गराउन, अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्न,आदानप्रदान गर्न तथा अध्ययन अनुसन्धानले शैक्षणिक पद्धती रुपान्तरण गर्नको लागि कत्तिको प्रभाव परेको छ भनेर विचार मन्थन गर्न जिल्लामै पहिलो पटक सम्मेलनको आयोजना गरिएको नीलकण्ठ बहुमुखी क्याम्पसको अनुसन्धान ब्यवस्थापन एकाईका संयोजक युवराज सुवेदीले बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा संचालन गरिएको उक्त सम्मेलनमा विभिन्न क्याम्पसका ६ जना प्राध्यापकहरु जसले आफुले गरेको अध्ययन अनुसन्धानको निष्कर्षलाइ प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनमा आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. शरदचन्द्र सिंखडाले Pedagogical Experiment : Some Reflection विषयमा, नीलकण्ठ बहुमुखी क्याम्पसको गणित, स्वास्थ्य, जनसंख्या तथा सामान्य शिक्षा विभागका प्रमुख हरि लंसालले Equitable Pedagogical Practice in learning mathematics at secondary level विषयमा, नीलकण्ठ बहुमुखी क्याम्पसकै उप्राध्यापक दीपक सिटौलाले Embracing Multimodal Pedagogy A transformative journey in English Language Teaching विषयमा, सल्यानटार क्याम्पसका प्रमुख टंक प्रसाद सिलवालले Translation as a technique in English Language Teaching विषयमा, नीलकण्ठ बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं अनुसन्धान ब्यवस्थापन इकाईका संयोजक युवराज सुवेदीले Pedagogical Transformation critical pedagogy in English Language Teaching विषयमा तथा नीलकण्ठ बहुमुखी क्याम्पसका उपप्राध्यापक शिवराज खनालले Role of Microfinance on poverty reduction in the post disaster scenario : a case study of nilkantha municipality Nepal विषयक आफ्नो अनुसन्धानको निष्कर्षलाइ सम्मेलनमा प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सम्मेलनको मुख्य विषय ‘शिक्षण पद्धतिमा रुपान्तरण : कृत्रिम बौद्धिकता, नवीनता, खोज र प्रत्यावर्तन’ शीर्षकमा आधारित रही विज्ञहरुसंग विमर्श (प्यानल डिस्कसन) समेत गरिएको थियो ।
उक्त विमर्शमा नीलकण्ठ बहुमुखी क्याम्पसका प्रमुख नवराज शर्मा, सहायक क्याम्पस प्रमुख देवी प्रसाद अधिकारी, नेपाली विभागका प्रमुख डा. नवीनबन्धु पहाडी र ज्वालामुखी गाउँपालिकाका शिक्षा अधिकृत देवकी सिंखडा विज्ञको रुपमा रहनुभएको थियो ।
उक्त विमर्श सत्रलाइ नीलकण्ठ बहुमुखी क्याम्पसको अंग्रेजी विभागका प्रमुख प्रकाश पौडेलले सहजीकरण गर्नुभएको थियो ।
सम्मेलनमा धादिङ जिल्लाका विभिन्न क्याम्पसका प्राध्यापक तथा विद्यार्थी लगायत धादिङ क्षेत्र नं २ का साँसद रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङगाना, क्याम्पस संचालक समिति अध्यक्ष शम्भुकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |