धादिङ । नेपाली काँग्रेसका उप सभापति तथा पूर्व उपप्रधानमन्त्री पुर्ण बहादुर खड्काले धादिङको नीलकण्ठ नगरपालिकाले सुरु गरेको निशुल्क शिक्षा अभियान देशभर लैजानुपर्ने बताउनु भएको छ ।
सदरमुकाममा धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयकोे स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै खड्काले सो कुरा बताउनुभएको हो ।
नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना नगरपालिका संघका केन्द्रिय अध्यक्ष समेत भएको भन्दै उहाँले यो अभियान देशभर लैजान यसको नेतृत्व गर्न समेत आग्रह गर्नुभयो ।
नीलकण्ठ बालमन्दिर माविले गरेको काम प्रशंसनिय भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका खड्काले शिक्षा क्षेत्र सुधारको लागि बनेको संघीय ऐनलाई पारित गरेर अघि बढ्ने भन्दै विद्यालयको समस्याहरु समाधान गर्नको लागि आफु र आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय सांसद रामनाथ अधिकारीले निलकण्ठ बालमन्दिर मावि जिल्लाको जेठो विद्यालयको भएको भन्दै उहाँले विद्यालयको सफलताको शुभकामना दिनुभयो । उहाँले नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका विकासको लागि आफुले सहयोग गर्ने पनि बताउनुभयो ।
यसैगरी प्रदेश सांसद गोविन्द लम्सालले नीलकण्ठ बालमन्दिर विद्यालयलाई आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिका मेयर भीम प्रसाद ढुंगानाले शिक्षा क्षेत्रको विकासको लागि नीलकण्ठ नगरपालिकाले अभियाननै सन्चालन गरेको बताउनुभयो।
कक्षा १२ सम्मको शिक्षा निशुल्क गरेको भन्दै उहाँले शिक्षा क्षेत्रको गुणस्तरलाई ध्यान दिएर अघि बढ्ने बताउनुभयो ।अबको केहि बर्षमा शिक्षा क्षेत्रमा धेरै सुधार देखिने भन्दै उहाँल अभिभावकहरुलाई विश्वास गर्नको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, नेत्रावती डबजोङ गाउँपालिकाका उप प्रमुख सिता चोदेन नेपाली काँग्रेसका क्षेत्रीय सभापति राकेश धमला,माओवादी केन्दका मनराज भण्डारी,नगपालिका संघका सल्लाहकार सरोज अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुहुदै विद्यालयको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
नीलकण्ठ बाल मन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका उप सभापति तथा पुर्व उपप्रधानमन्त्री पुर्ण बहादुर खड्को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,विभिन्न पालिकाका अध्यक्ष एवं उप प्रमुख,छिमेकी विद्यालयका प्रधानाध्यापक,पुर्व विद्यार्थी संगठनका पदाधिकारी लगायत विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमकै अवसर पारेर विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरीएको थियो।कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले समेत सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो।
यस्तै स्वर्ण महोत्सवको अवसर पारेर नीलकण्ठ बालमन्दिर माविको प्राङगणमा एकता स्तम्भको उद्घाटन समेत गरीएको छ ।
तत्कालिन नीलकण्ठ माध्यमिक विद्यालयबाट विक्रम संवत २०६१ सालमा एसएलसी दिएका विद्यार्थीहरुले ६० वटा पानीको जार सहयोग गरेका छन् ।
यसैगरी पुर्व विद्यार्थीहरुले नगद १० लाख बराबरको अभिभावक प्रतिक्षालयको स्थापना गर्ने घोषणा गरेका छन् ।
बालमन्दिर,नीलकण्ठ र इजारा आ. वि. समायोजन गरि बनेको एकीकृत विद्यालयको नियमित एकीकृत पठनपाठन गत वैशाख १० गते देखि सुरु भएको थियो ।
नीलकण्ठ नगरपालिकाको कक्षा १२ सम्म निःशुल्क शिक्षाको घोषणा कार्यान्वयन गर्न जनशक्ति तथा पूर्वाधार व्यवस्थापन सहजताका लागि गरिएको ठूला विद्यालयहरुको समायोजन पछि एकिकृत पठन पाठन र ब्यवस्थापन प्रभावकारी रुपमा अघि बढिरहेका बिद्यालयले जनाएको छ ।
हाल प्रारम्भीक कक्षा देखि कक्षा १० सम्म कुल २ हजार ४७८ जना विद्यार्थीहरु ५९ वटा कक्षा कोठामा अध्ययन गरिरहेका छन् । जसमध्ये ४८ वटा कक्षाकोठा पूर्ण रुपमा अंग्रेजी माध्याममा र ११ वटा कक्षा नेपाली माध्यममा अध्यापन भैरहेका छन् ।
समायोजनपछि सरकारी श्रोतबाट तलब खाने शिक्षकहरु ६९ जना र विद्यालय श्रोतबाट तलब खाने ५ जना गरि ७४ जना शिक्षकहरु र विद्यालय श्रोतबाट तलब खाने १७ जना सहित २० जना विद्यालय कर्मचारी गरि जम्मा ९३ जना र कक्षा ११ र १२ का लागि २५ जना पूर्णकालीन शिक्षक र ५ जना थप विद्यालय कर्मचारीको आवस्यकता पूर्ति गर्दा कुल १२३ जना शिक्षक कर्मचारीबाट बृहत एकिकत विद्यालय सञ्चालन हुने गरि ब्यवस्थापन गरिएको बिद्यालयले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |