धादिङ । नीलकण्ठ माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले नीलकण्ठ बालमन्दिर माविमा १० लाख रुपयाँको अक्षय कोष स्थापना गरेका छन् ।
शनिबार विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर सूयप्रसाद अधिकारीले अक्षय कोषसँगै अभिभावक प्रतिक्षालय निर्माण गर्ने घोषणा गर्नुभएको हो।समाजको कार्यसमितिको वैठकले निर्णय गरे बमोजिम समाजले विद्यालयमा अध्ययन गर्ने कोहि विद्यार्थी रकमको अभावमा गुणस्तरीय शिक्षा लिनबाट बन्चीत नहुन भन्दै अक्षय कोषको स्थापना गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।
त्यस्तै समाजले विद्यालय हाता भित्र आएका अभिभावकहरुलाई बस्न सहजहोस भनि सुविधा सम्पन्न अभिभावक प्रतिक्षालय निर्माण गर्ने समेत घोषणा गरेको छ ।
विद्यालयमा विद्यार्थीको शैक्षिक अवस्था बुझ्न देखि विबिध काम लिएर आउने अभिभावकलाई बस्न सहज होस भनि प्रतिक्षालय निर्माण गर्न लागिएको उहाँको भनाई छ । १० लाख बाट सुरु गरिने अक्षय कोषलाई बढाउदै लैजाने पनि उहाँले बताउनुभयो ।
२०७७ सालमा सेवामूलक भावनाले पूर्व विधार्थीहरूको नामबाट विद्यालयमा शैक्षिक उन्नयनमा सहयोग गर्ने उद्धेश्यले स्थापना भएको पूर्व विद्यार्थी समाजले कोष निर्माण देखि प्रतिक्षालय निर्माणमा स्वईच्छाले सहयोग गर्न पुर्व विद्यार्थीहरुलाई आव्हान पनि गरेको छ ।
नीलकण्ठ नगरपालिकाको कक्षा १२ सम्म निःशुल्क शिक्षाको घोषणा कार्यान्वयन गर्न जनशक्ति तथा पूर्वाधार व्यवस्थापन सहजताका लागि बालमन्दिर,नीलकण्ठ र इजारा आ.वि.समायोजन गरि एकिकृत पठन पाठन र ब्यवस्थापन प्रभावकारी रुपमा अघि बढिरहेका बिद्यालयले जनाएको छ ।
हाल प्रारम्भीक कक्षा देखि कक्षा १० सम्म कुल २ हजार ४७८ जना विद्यार्थीहरु ५९ वटा कक्षा कोठामा अध्ययन गरिरहेका छन् । जसमध्ये ४८ वटा कक्षाकोठा पूर्ण रुपमा अंग्रेजी माध्याममा र ११ वटा कक्षा नेपाली माध्यममा अध्यापन भैरहेका छन् ।
समायोजनपछि सरकारी श्रोतबाट तलब खाने शिक्षकहरु ६९ जना र विद्यालय श्रोतबाट तलब खाने ५ जना गरि ७४ जना शिक्षकहरु र विद्यालय श्रोतबाट तलब खाने १७ जना सहित २० जना विद्यालय कर्मचारी गरि जम्मा ९३ जना र कक्षा ११ र १२ का लागि २५ जना पूर्णकालीन शिक्षक र ५ जना थप विद्यालय कर्मचारीको आवस्यकता पूर्ति गर्दा कुल १२३ जना शिक्षक कर्मचारीबाट बृहत एकिकत विद्यालय सञ्चालन हुने गरि ब्यवस्थापन गरिएको बिद्यालयले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |