धादिङ । पत्रकार नारायण सिलवाल नीलकण्ठ विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नगरपालिकाले यस आर्थिक वर्षदेखि सुरु गरेको ‘नीलकण्ठ नगर विकास पत्रकारिता पुरस्कार’ धादिङपोष्ट डटकमका प्रधानसम्पादक एव राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशका अध्यक्ष सिलवाललाई प्रदान गरेको हो।
शनिबार नगरपालिकाको दोश्रो नगरसभाको पाँचौ अधिवेशनको अवसरमा सिलवाललाई नगरप्रमुख भिम प्रसाद ढुंगाना र उपप्रमुख दिपक विश्वकर्माले नगद २० हजार ८१ रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
पुरस्कृत हुनुभएका सिलवाल १८ बर्षदेखि जिल्लामा पत्रकारिता गर्दै आउनुभएको छ।
२०६३ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गर्नुभएका सिद्धलेक गाउँपालिका वडा नं १ का सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६७ गोरखापत्र, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टमा कार्यरत हुनुहुन्छ ।
नगरपालिकाले यस आर्थिक वर्षदेखि उक्त पुरस्कार प्रदान गर्न सुरु गरेको हो ।यो पुरस्कार नेपाल पत्रकार महासंघ संगको सहकार्यमा हरेक वर्ष एक जनालाई प्रदान गरिने नगरप्रमुख ढुंगानाले बताउनुभयो ।
यस्तै आज सम्पन्न नगरसभाले हरेक वडाबाट कम्तिमा २ जनालाई पत्रकारिता तालिम दिई स्थानिय पत्रकारिताको गुणस्तर वृद्धि गर्न पत्रकार महासंघसँग सहकार्य गरिने जनाएको छ भने सञ्चारकर्मीको क्षमता बृद्धिको लागि भन्दै १० लाख बजेट बिनियोजन पनि गरेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |