धादिङ । नीलकण्ठ नगरपालिकाका–४ का जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ ।
शुक्रबार वडा नं.४ स्थित राजपोखरी कृषि सहकारी संस्थाको सभा हलमा नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनप्रतिनिधिसँगै, कर्मचारी बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि अभिमुखिकरण कार्यशाला सञ्चालन गरेको हो ।
नगरपालिकाले वडाहरुलाई बालमैत्री वडा घोषणाको लागि सबै सरोकारवालाहरुलाई बालमैत्री अभियानमा सहभागी गराई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानलाई तिब्रता दिईएको नगरपालिकाका सामाजिक शाखा प्रमुख उर्मिला थपलियाले जानकारी दिनुभयो ।
नगरपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा रहेको बताउनु भयो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न वडा तहका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको महिला बालबालिका शाखाका निर्मला केसीले बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन ,बालभेला तथा समुदाय बालबालिकामा आवाज सुनिने संस्थागत व्यवस्था ,लगानी योजना,बजेट लगायत बिषयमा बाल अधिकार अभियान्ता तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिबद्धता गरेका छन् ।
कार्यक्रमकै क्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम वडा नं. ४ को वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय समिति गठन गरिएको छ ।
वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख उर्मिला थपलिया ,वडा सदस्यहरु, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, स्वास्थ्य संस्था प्रमुख तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |