धादिङ । नीलकण्ठ नगरपालिकाले ‘युवा सीप,तालिम तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ ।
युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत यही असार १४ गते सदरमुकाम धादिङबेशीमा ‘युवा सीप,तालिम तथा रोजगार मेला २०८१’ गर्न लागेको हो ।
नगरपालिकाले आन्तरिक रोजगारीको अवसरलाई पहुँचयोग्य बनाइ नगरभित्र विधमान श्रम शक्तिको उपयोग गरि नगरभित्रको हातमा सिप भएका र सिप सिक्न चाहने युवाहरुलाइ लक्षित गरि रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।
रोजगारीको खोजिमा रहेका नगरका युवाहरुलाइ स्वदेशमा नै रोजगारी प्राप्त गर्न सहज,सरल तवरले पहुँचयोग्य बनाउने तथा सीप,तालिम लिन ईच्छुकहरुलाई एकद्धारा प्रणालीवाट फर्म भराई एकद्वार प्रणालीबाट आगामी वर्षमा सिप तालिम सञ्चालन गरिने नगर उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो ।
मेलाले रोजगारीको खोजिमा रहेका विविध क्षेत्रका युवाहरुलाई रोजगारदातासँग जोड्न, उधमशीलता तथा स्वरोजगारका अवसरका वारेमा ज्ञान आर्जन गर्न, हातमा सिप हुनेलाई रोजगारीको अवसर प्रदान गर्न, सफल व्यवसायी र विषयविज्ञसँग अन्तरसंवाद गर्न, व्यवसाय दर्ता नविकरण र सञ्चालन सम्वन्धि परामर्श प्रदान गर्न तथा रोजगारी खोज्ने र दिनेहरुकाबीच नवप्रवर्तन र स्वव्यवसाय विकासलाई प्रबर्दन गर्न कोशे ढुङ्गा हुने उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
मेलाका आकर्षणहरुमा सीपमुलक तालिम दिने संस्थाहरूको स्टल रहने, रोजगारदाताहरूको स्टल रहने, रोजगार लिने र दिने बिचमा साक्षत्कारको अवसर प्रदान गरिने र स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा विशेष साँस्कृतिक प्रस्तुती पनि रहने पत्रकार सम्मेलनमा नगर उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
धादिङ जिल्लामा रहेका संघीय कार्यालय, प्रदेश कार्यालय, स्थानीय तह तथा विभिन्न निजी रोजगारदाताहरु उधोग वाणिज्य संघ, चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उधोग महासंघ, गैर सरकारी संस्था महासंघ, सञ्चार सहकार्यमा पत्रकार महासंघको समन्वय र सहकार्यमा सचादन हुने मेलामा कार्यशाला, सूचना तथा परामर्श तथा नीलकण्ठ नगरपालिकामा संचालन भएका सामुदायिक तथा संस्थागत माध्यमिक विधालयहरुद्धारा थिममा आधारित शैक्षिक सामाग्री प्रदर्शन र अवलोकन, सरकारी, निजी, गैरसरकारी क्षेत्रका रोजगारी, सिप, तालिम, व्यवसाय तथा समग्र श्रम सम्बन्धि करिव १४ वटा बुथ (स्टल) रहने नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो ।
आन्तरिक रोजगारी प्रवर्दनका लागि नीलकण्ठ नगरपालिकाले प्रारम्भ गर्न लागेको युवा सिप, तालिम तथा रोजगार मेलामा रोजगारदाता तथा रोजगारको खोजिमा रहनु भएका व्यक्तिहरु, युवा विधार्थीहरु, संघ, प्रदेश तथा स्थानीय तहका सम्वन्धित कार्यालयहरु सार्वजनिक तथा निजी रोजगारदाता संघ संस्थाहरु, नागरिक समाज तथा सरोकारवालाहरुलाई मेला स्थलमा सहभागी हुन नगरपालिकाले अपील गरेको छ ।
मेला १४ गते शुक्रबार विहान १० बजेदेखी अपरान्ह ५ बजे सम्म नीलकण्ठ वालमन्दिर मा.विको प्रांगणमा हुने छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |