धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ९ नीगालपानीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
वडा नम्बर ९ हटिया निवासी व्यवसायी एवं समाजसेवी पूर्णमान शाक्य र उहाँका भाई मानकाजी शाक्यले बुवाको १६ औं पुण्य तिथिका अवसरमा शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो ।
विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
बाबु आमा मध्ये एक अभिभावक गुमाएका जेहेन्दार विद्यार्थीहरुको लागि कपि, कलम, पेन्सिल लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको व्यवसायी एवं समाजसेवी पूर्णमान शाक्यले बताउनुभयोे ।
अभिभावक गुमाएका विद्यार्थीहरुको पढाईमा केही हदसम्म भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री प्रदान गरिएको उहाँको भनाई छ । सहयोगीदाता शाक्य दाजुभाई सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |