धादिङ । नेकपा एमाले धादिङका जनवर्गिय संगठनहरुको जिल्ला स्तरीय बैठक धादिङबेसीमा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष भूमि त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला स्तरीय बैठकले सबै जनवर्गिय संगठनहरुलाई संगठन विस्तार गर्दै जिल्ला अधिवेशन गर्न निर्देशन दिइएको छ ।
जिल्ला उपाध्यक्ष जनवर्गिय संगठन हेर्ने जनसंगठन इन्चार्ज अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै जनवर्गिय संगठनहरुलाई जिल्ला र पालिका स्तरको अधिवेशन २०८१ असोज मसान्तसम्म गरिसक्न निर्देशन गरिएको जनाएको छ ।
नेकपा एमालेको २३ जनवर्गिय संगठन मध्ये २१ जनवर्गिय संगठन धादिङमा क्रियाशिल रहेको एमाले जिल्ला सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
अधिवृशन भएकाहरुले संगठनलाई चुस्त पार्न निर्देशन दिँदै विकास र समृद्धिका कार्यक्रमा जनतालाई सघाउन आग्रह गरिएको उहाँको भनाई छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |