काठमाडौँ । सुनको मूर्ति भन्दै नक्कली सुनको मूर्ति दिएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको उडिसाका ४० वर्षीय कलाकार दास, धादिङको निलकण्ठ नगरपालिका–२ का ३८ वर्षीय दिपक थापा, काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन,म्याग्दीका ६४ वर्षीय क्षेत्र बहादुर शाही र दाङका ३५ वषीय बसन्त चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरूले कागेश्वरी मनोहराका दिनेश न्यौपानेलाई ३० लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट नक्कली सुनको मूर्ति र १४ लाख नगद पनि बरामद गरेको प्रहरीले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |