धादिङ-नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले देशभर रहेका नेपाल पत्रकार महासंघका कार्यालयहरुमा धर्ना दिएको छ ।
विभिन्न ७ बुँदे मागहरू अघि सार्दै सोमबार धादिङसहित देशभरका पत्रकार महासंघमा धर्ना दिएको हो ।युनियनले महासंघको प्रदेश समिति र शाखा कार्यालयमा एकैपटक बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो ।
प्रेस युनियन धादिङले पत्रकार महासंघको धादिङ शाखामा पनि धर्ना दिएको छ । पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर गैर पत्रकार मतदाता नामावली सार्वजनिक गरेपछि आन्दोलन सुरु गरेको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष सन्तोषराज श्रेष्ठले बताउनुभयो ।
आफूहरुले उठाएका काम युनियनको मात्र नभई सबै श्रमजीवि पत्रकारको भएको श्रेष्ठको भनाई छ ।
प्रेस युनियनले महासंघको विधानविपरीत थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघ शाखा,प्रदेश समितिले विधान विधि प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्नुपर्ने, प्रक्रिया पुगेको क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्नुपर्ने, महासंघ विधान अनुसार संचालन गर्नुपर्ने र निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुग्याएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुश्चित गर्न माग गर्दै धर्ना दिएको हो ।
युनियन विधि र प्रक्रियाविपरीत सार्वजनिक गरिएको नामावली खारेज गर्नुपर्ने, जिल्ला र प्रदेशबाट सिफरिस गरेका र सदस्यता लिने मापदण्ड तथा योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गरिनुपर्ने, नवीकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको सदस्यता नवीकरण गर्नुपर्नेलगायतका ७ बुँदे माग अघि सारेर प्रेस युनियनले शुक्रबार रातिबाट आन्दोलन गर्दै आएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |