धादिङ । सदरमुकाम धादिङबेशीमा धादिङ टाईटन्सले यहि असार २९ गतेदेखी जिल्ला स्तरिय कबड्डी प्रतियोगीता आयोजना गर्दैछ ।
आफ्नो पहिलो स्थापना दिवसको अवसरमा प्रतियागीता आयोजना गर्न लागेको हो ।प्रतियोगीता नजिकिएसँगै तयारीलाई तिव्र पारेको छ । प्रतियोगीताको लागि अहिले व्यक्ती तथा संस्थाले सहयोग गरिरहेका छन् ।
प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
साथै उत्कृष्ट खेलाडी‚ उत्कृष्ट रेडर‚ उत्कृष्ट डिफेन्डर‚ उत्कृष्ट अलराउन्डर र उदयमान खेलाडीहरूलाई पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगीता ३१ गतेसम्म सञ्चालन हुनेछ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |