धादिङ । धादिङबेसीमा भोलि शनिबारदेखी कबड्डी सुपर लिग सुरु हुँदैछ ।
धादिङ टाईटन्सको आयोजनामा भोलि देखी सुरु हुने जिल्ला स्तरीय कबड्डी सुपर लिगमा ६ टिम सहभागी हुने भएका छन् ।
जसमा आयोजकको २ टिम, विल्केश्वर युवा क्लबको २ टिम, थाक्रे र सुनौलो भैरवी गरी ६ टिम सहभागी हुने आयोजक धादिङ टाईटन्सका अध्यक्ष काजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
साथै उत्कृष्ट खेलाडी‚ उत्कृष्ट रेडर‚ उत्कृष्ट डिफेन्डर‚ उत्कृष्ट अलराउन्डर र उदयमान खेलाडीहरूलाई पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सदरमुकाम धादिङबेशी स्थित कर्भड हलमा हुने प्रतियोगिता ठिक १२ बजे उद्घाटन् हुने टाईटन्सका अध्यक्ष श्रेष्ठले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |