धादिङका रामनाथ अधिकारी कृषिमन्त्री बन्नुभएको छ ।
नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट अधिकारी कृषि तथा पशुपक्षी विकासमन्त्री बन्नुभएको हो ।
रामनाथ अधिकारी धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ।
नेपाली काँग्रेस धादिङको ५ पटकसम्म जिल्ला सभापति बन्नु भएका अधिकारी २०७९ मंसिरको चुनावमा संघीय सांसदमा निर्वाचित हुनुभएको थियो ।
उहाँ हाल कांग्रेस धादिङका जिल्ला सभापति पनि हुनुहुन्छ ।
तीन दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय अधिकारी नेपाली कांग्रेसभित्र इमानदार र सिद्धान्तमा निष्ठावान् नेताको रूपमा परिचित हुनुहुन्छ ।
धादिङको साबिक सुनौलाबजार गाविस तथा हालको नीलकण्ठ नगरपालिका– ६, नेवारपानीमा २०१८ साल भदौ १८ गते जन्मिनु भएका अधिकारी २०५६ सालमा भएको आमनिर्वाचनमा पनि धादिङ २ नम्बर क्षेत्रबाट सांसद बन्नुभएको थियो।
यसैगरी राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई शपथ ग्रहण गराउनुभएको छ ।
यस्तै अरू मन्त्रीहरूलाई पनि राष्ट्रपति पौडेलले शपथ गराउनुभएको छ ।
एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री, राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी दोहोरिनुभएको छ । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ ।
यस्तै कांग्रेसबाट रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्नुभएको छ ।
यसैगरी दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बन्नुभएको छ।
यस्तै कांग्रेसको गगन थापा र शेखर कोइराला समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री नियुक्त हुनुभएको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, जनता समाजवादी पार्टी जसपाका प्रदीप यादव खानेपानी मन्त्री र नवलकिशोर साह सुडी महिला बालबालिका तथा समाज कल्याणमन्त्री बन्नुभएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |