धादिङ । धादिङमा गत आर्थिक वर्ष २०८०/०८१ मा झण्डै ३ हजार पिन्ट रगत सङ्कलन गरिएको छ।
जिल्लामा २०८० श्रावण १ देखी २०८१ असार मसान्तसम्म जिल्लाका बिभिन्न ४५ सघसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ९३५ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले धादिङ आवाज कलमलाई जानकारी दिनुभयो।
जिल्लाको बिभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ७८९ जना महिला र २ हजार १४६ जना पुरुष गरी कुल २ हजार ९३५ स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो।
गत आर्थिक बर्षमा सबैभन्दा धेरै धादिङबेशीस्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२६ जनाले रक्तदान गरेका छन् भने लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखी धादिङको आयोजनामा धादिङबेशी भएको रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका छन् ।
यस्तै धादिङबेशीस्थित रक्त सञ्चार सेवा केन्द्र धादिङमा आकस्मिक रुपमा ६८ जनाले रक्तदान गरेका छन् ।
जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ।
रगत अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको धादिङ रेडक्रसका कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
२०८० श्रावण १ देखि २०८१ असार मसान्त सम्म रक्तदान कार्यक्रम आयोजना गर्ने ४५ वटा संघ/संस्था,रक्तदानको विवरण सहित
लायन्स क्लब अफ काठमाण्डौ बल्ड सर्कल काठमाण्डौ -१६
जिल्ला प्रहरी कार्यालय, धादिङ -६२
गजुरी रुद्रेश्वर आमा समुह गजुरी -८६
ICDC नेपाल, धादिङ -५५
युवा रेडक्रस सर्कल, नीलकण्ठ मा.वि -८५
कर्मचारी मिलन केन्द्र धादिङ -२६
ससश्त्र प्रहरी बल, धादिङ -१३
नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था -५३
रोटरी क्लब अफ धादिङ -११९
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था -७१
युवा रेडक्रस सर्कल, सक्सेस एकेडेमी -५५
चुलीदेवी बचत तथा ऋण सहकारी संस्था लि -४३
युवा रेडक्रस सर्कल, भैरवी मा.वि -३५
नेपाली कांग्रेस, जिल्ला कार्यसमिति धादिङ -७८
हाइवे बचत तथा ऋण सहकारी संस्था लि -१०५
शिखर इन्स्योरेन्स, धादिङ -६६
शिखर इन्स्योरेन्स, थाक्रे -६३
हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लि -४१
नेत्रावती बचत तथा ऋण सहकारी संस्था लि. -६२
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि. -३९
धादिङ अस्पताल धादिङ -३५
सानिमा बैंक लि. -५२
इसाई समाज धादिङ -१२३
पुनरुत्थान चर्च गजुरी -९०
युवा रेडक्रस सर्कल, चन्द्रोदय मा.वि -४१
नेपाल रेडक्रस सोसाइटी, धुवाकोट उपशाखा, धादिङ -५१
नेपाल रेडक्रस सोसाइटी, मैदी उपशाखा, धादिङ -९२
युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस -८७
नेपाल कम्युनिष्ट पार्टी एमाले, जिल्ला कमिटी धादिङ -४५
जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लि -५६
सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लि. आरुघाट -३०
नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र, जिल्ला समन्वय समिति -३३
नेपाल रेडक्रस सोसाइटी, नलाङ उपशाखा -४५
महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि -९१
नारी जागरण केन्द्र, धादिङ -२६
रामकोट बचत तथा ऋण सहकारी संस्था लि. -२२६
युवा रेडक्रस सर्कल गजुरी/ट्राफिक प्रहरी कार्यालय गजुरी -९२
नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस -४०
जिल्ला होटल महासंघ, धादिङ -३
जनस्वास्थ्य कार्यालय, धादिङ -५९
प्राज्ञीक विद्यार्थी परिषद् नेपाल, धादिङ -३८
राष्ट्रिय स्वतन्त्र पार्टी, धादिङ -७८
लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखी धादिङ -१५२
जनकल्यान बचत तथा ऋण सहकारी संस्था लि -११२
रक्त संचार सेवा केन्द्र धादिङ आकास्मीक रक्तदान कार्यक्रम -६८
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |