धादिङ- धादिङको थाक्रे गाउँपालिका वडा नं १० गढीमा तिन वटा चितुवा मृत फेला परेको छ ।
गढीस्थित अदुवाबारीमा २ वटा र मकैबारी १ वटा चितुवा मृत भेटिएको वडा नं १० का वडा अध्यक्ष गोकुल लामिछानेले जानकारी दिनुभयो ।
आज दिउँसो घाँस काट्न गएको बेला स्थानियले देखेर खबर गरेपछी आफुसँगै प्रहरीसहितको टोली घटनास्थलमा पुगेको वडा अध्यक्ष लामिछानेले बताउनुभयो ।
मृत अवस्थामा फेला परेको चितुवा सव-डिभिजन वन कार्यालय बैरेनीलाई बुझाइएको छ । सो विषयमा अनुसन्धान हुँदैछ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |