धादिङ । गगाजमुना गाउँपालिका वडा नं २ तावलमा २ दिने समुह बचत तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको लागि बुधबारदेखी सञ्चालित तालिम बिहिबार सम्पन्न भएको हो।
तालिममा २२ जना सहभागी थिए।
तालिममा समुहमा बचतको महत्त्व , बचत संकलन , आम्दानी र खर्च अभिलेख , ऋण लगानी ,पासबुक , बचत तथा ऋण परिचालन सम्बन्धि निति , नियम, समुहका पदाधिकारीहरुको काम, कर्तव्य , अधिकार , घुम्ती कोष परिचालन र बित्तिय सारक्षरता लगायतका बिषयमा सहजकर्ता सन्तोष सन्त्यालले सहजिकरण गर्नुभएको निशानी तामाङले जानकारी दिनुभयो।
तालिममा प्रयास नेपाल धादिङ र परियोजनाको लक्ष्य, उदेश्य , संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ तथा आड्रा नेपालको संस्थागत र परियोजना संचालनका बारेमा आड्रा नेपालका परियोजना अधिकृत दिलिपचन्द्र ढकालले जानकारी गराउनुभएको थियो ।
कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला, प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउन तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले धादिङको गंगाजमुना र खनियावासमा उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
गंगाजमुनामा ४८ वटा कृषक समुहहरु मार्फत परियोजनाले कृषि तथा पशुपालन लैगिंक तथा समावेशीकरणको क्षेत्रमा केन्द्रित रहि कार्य गरिरहेको निशानी तामाङले जानकारी दिनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |