धादिङ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चोकबाट अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको गजुरी गाउँपालिका-८ बस्ने ३६ वर्षीय सुकमान तामाङ र ४२ वर्षीय केदार तामाङ रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले शुक्रबार साँझ काठमाडौंबाट पथलैयातर्फ जाँदै गरेको ना.७ ख ६०६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूको साथबाट करिब १४ किलोग्राम चरेश फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |