धादिङ ।नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन हुनुभएको छ।
शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरेको हो।
धादिङ घर भई काठमाडौमा रहेर पर्यटन व्यवसाय गर्दै आउनुभएका रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।
संघको नयाँ समितिको उपाध्यक्षमा टिकाराम भट्टराई, महासचिवमा तेजबहादुर बोहोरा, सचिवमा ज्ञानमणि न्यौपाने र कोषाध्यक्षमा तेजबहादुर खड्का चयन हुनुभएको छ ।
यस्तै सञ्चालक सदस्यहरूमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबी राज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह चयन हुनुभएको छ ।
लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा चयन हुनुभएको छ भने सदस्यहरूमा अर्जुन नेपाल र राजन रिमाल चयन हुनुभएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |