धादिङ। गुरुङ महिलाहरुको संगठन तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय पार्षद सभा सदरमुकाम धादिङबेसीमा हुने भएको छ ।
आउँदो असोज ५ गते धादिङबेसीमा हुने पार्षद सभामा नेपालको ४७ जिल्लाबाट १ सय ८० जना प्रतिनिधि सहभागी रहने तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमुस्योले जानकारी दिनुभयो।
तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय समितिको आयोजना र जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा हुन लागेको पार्षद सभाले विधान संसोधन, आगामी कार्य योजनाका विषयमा निर्णय गर्ने अध्यक्ष तमूस्योले बताउनुभयो ।
पार्षद सभा सम्पन्न गर्नको लागि विभिन्न समितिहरु बनाएर तयारीलाई तिब्रता पारिएको उहाँको भनाई छ ।
तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी कोषाध्यक्ष निरु तमूस्योको संयोजकत्वमा आर्थिक समिति तयार गरेको छ ।
यस्तै अतिथि सत्कार समिति, भान्सा व्यवस्थापन, प्रचार प्रसार लगायतका समिति उपसमितिहरु बनाएर सोही अनुसारको काम भइरहेको अध्यक्ष जमुना तमुस्योले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |