धादिङ। गजुरी गाउँपालिका–१ गजुरी बजारबाट २६ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् ।
गएराती इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले २६ किलोग्राम गाँजा र १ थान मोबाइलसहित सोही गाउँपालिका–४ बस्ने ३४ वर्षीय वृद्धिलाल तामाङ समेत ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका अन्य २ जनाको भने परिचय खुलाएको छैन ।
गएराती काठमाडौंबाट भैरहवातर्फ जाँदैं गरेको लु.२ ख ४५२९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |