धादिङ । जिल्ला अदालत धादिङले बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ।
न्यायाधीश गोपालप्रसाद बास्तोलाको भदौ ३१ गतेको इजलासले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई ८ वर्ष ८ महिना कैद गरी ३ लाख ४१ हजार १ रुपैयाँ जरिबाना गर्ने फैसला गरेको हो ।
उक्त जरिवाना बापतको रकम पीडितलाई क्षतिपूर्ति दिन भनिएको छ ।
पीडितलाई दिनुपर्ने रकम अदालतमा ३ महिनाभित्र नगद जम्मा गरेमा कसुरदारलाई चार वर्ष मात्र कैद गर्न र बाँकी कैद स्थगन गर्नका लागि फैसला भएको जिल्ला अदालतकी सूचना अधिकारी कविता प्रजापतिले जानकारी दिनुभयो ।
पीडितलाई ०८१ जेठ २१ गते बलात्कार गरेको भन्दै उजुरी परेपछि साउन ११ गते बालकलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतमा साउन १७ गते दर्ता भएको मुद्दाका कसुरदारलाई साउन १८ गतेको जिल्ला अदालतको आदेशले बालसुधार गृह पठाएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |