धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं २ नलाङस्थित आप्री हटियामा खुल्ला क्लब स्तरीय पुरुष फूटबल प्रतियोगिता हुने भएको छ ।
सिद्धलेक युनाईटेड फुटबल क्लबको आयोजनामा असोज २४ गतेदेखी २६ गतेसम्म फूटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुनेले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै द्धित्तिय पुरस्कार १३ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।
बिधागत तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट टिम कोचलाई नगद एक हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
२३ गते विहान १२ बजेसम्म टिम दर्ता गर्न सकिने र टिम दर्ता शुल्क ३ हजार तोकिएको छ।
क्लब स्तरीय हुने खेलमा ३ जना अतिरिक्त खेलाडीसहित ९ जना र टिम कोच १ जना अनिवार्य हुनुपर्ने आयोजकले जनाएको छ ।
फोन तथा फेसबूकमार्फत पनि टिम दर्ता गर्न सकिने आयोजकले बताएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |