धादिङ । धादिङ जिल्ला अदालतले ७५ वर्षीया वृद्धा बलात्कार गरेको कसुरमा एक जनालाई जन्मकैद सजायको फैसला गरेको छ।
जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको ०८१ भदौ ३० गते इजलासले खनियाबास गाउँपालिका–५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैदसँगै ७ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।
कसुरदारले जरिवाना वापत तिरेको ७ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन समेत फैसलामा उल्लेख छ ।
वृद्ध बलात्कार कसुरमा जन्मकैद हुने कानूनी व्यवस्था छ ।
कसुरदार सावित भएको र घटनाको अवस्था र प्रकृति हेर्दा सजाय चर्को पर्नसक्ने देखिएकोले मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा १४५ को १ क को व्यवस्था अनुसार जन्मकैदको सट्टा कसुरदारलाई १० वर्षमात्र कैद गर्नका लागि छुट्टै राय प्रस्तुत गरि उच्च अदालत पाटनमा सादक सदरका लागि पठाइएको जिल्ला अदालतका सूचना अधिकारी कविता प्रजापतिले जानकारी दिनुभयो ।
यस्तो प्रस्ताव जिल्ला अदालतबाट ३५ दिनभित्र उच्च अदालतमा पठाउनु पर्ने छ ।
उच्च अदालतले सादक सदर गरेमा कसुरदारले १० वर्षमात्र कैद हुनेछ । सादक सदर नभएमा सर्वाेच्च अदालतको फैसला अन्तिम हुनेछ।
सादक सदर सम्बन्धी फैसला धादिङका लागि नयाँ किसिमको भएको र मुद्दाको प्रकृति अनुसार न्यायधिसले कानुनी प्रावधानमा रहेर न्याय दिएको वैतनिक कानून व्यवसायी अधिवक्ता विश्वराज अधिकारीले बताउनुभयो ।
०८१ असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २४ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएकोमा कसुरदारलाई असार २४ गते गिरफ्तार गरिएको थियो ।
कसुरदार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार २५ गते जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।
पीडितको असार २५ गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण भएको थियो । जिल्ला अदालतमा साउन १४ गते दर्ता भएको र कसुरदार साउन १५ गतेको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |