धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–३ सलाङ झार्लाङदीमा एक बृद्धा मृत फेला परेकी छन् ।
७९ वर्षीय दुमन्ती मगर आफ्नै घरमा मृत फेला परेको सिद्धलेक गाउँपालिका वडा नं ३ का वडाध्यक्ष देव बहादुर पुलामीले जानकारी दिनुभयो ।
बुधबार राती खाना खाएर सकुसल सुत्नुभएको तर बिहान ७ बजेसम्म पनि नउठेपछी गएर हेर्दा मृत अवस्थामा भेटिएको वडाध्यक्ष पुलामीले बताउनुभयो ।
मृतक दुमन्तीको नाक र मुखबाट रगत बगेको र कानमा लगाएको रिङ हराएकाले घटना शंकास्पद रहेको उहाँको भनाई छ ।
वडाध्यक्ष पुलामीले भन्नुभयो,‘नाकमा लगाएको बुलाकी च्यातिएको अवस्थामा ओछ्यानमै भेटिएको छ । तन्ना रगताम्य भएको छ । मृतक दुमन्ती बार्दलीमा सुत्ने र ढोका नलगाई सुत्ने गर्नुहुँदो रहेछ । पछाडीको झ्याल पनि खुल्ला रहेको भेटिएकोले घटना शंकास्पद देखिएको छ ।’
गरगहनाको लागि हत्या गरिएको हुनसक्ने तर्फ अनुसन्धान केन्द्रीत रहेको प्रहरीले जनाएको छ । तर अनुसन्धानमै रहेकोले यही हो भन्न सकिने अवस्था नरहेको प्रहरीको भनाई छ ।
मृतकको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ ।
मृतकको एक छोरा हुनुहुन्छ । छोरासँगै बस्दै आउनुभएको दुमन्तीको श्रीमानको भने यसअघि नै मृत्यु भइसकेको छ ।प्रतिकात्मक तस्विर
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |