यस वर्षको विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार २६ गते बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको छ।
विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो । यस वर्षको नवरात्र अर्थात दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरु हुँदैछ ।
त्यस दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।
साथै असोज १८ गते शुक्रवार झण्डा फर्ने (पश्चिम मोहडा) ९ः१४ बजे, असोज २२ गते मङ्गलवार पचलीभैरव यात्रा, असोज २४ गते बिहीवार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |