काठमाडौं ।गुरुङ महिलाहरुको संगठन तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय पार्षद सभा आज सदरमुकाम धादिङबेसीमा हुँदै छ।
पार्षद सभामा नेपालको ४७ जिल्लाबाट १ सय ८० जना प्रतिनिधि सहभागी रहने तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमुस्योले बागमती कलमलाई जानकारी दिनुभयो ।
तमूस्यो ह्युल छोंज धी गुरूङ महिला राष्ट्रिय परिषद्को केन्द्रिय समितिको आयोजना र जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा हुन लागेको पार्षद सभाले विधान संसोधन, आगामी कार्य योजनाका विषयमा निर्णय गर्ने अध्यक्ष तमूस्योले बताउनुभयो ।
गुरुङ जातिको कला, भाषा, संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा समितिले काम गरिरहेको बताउनुभयो ।
‘महिला दिदिबहिनीहरु घर भित्रै सिमित रहेको अवस्थामा आफ्नो हक अधिकार खोज्ने तथा अन्य निकायसँग समन्वय गरेर अघि बढ्न समितिले भूमिका खेलेको छ’ उहाँले भन्नुभयो– ‘केन्द्रमा २०६७ सालमा स्थापना भएको यस समिति धादिङमा २०६९ सालदेखि क्रियाशिल रहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |