धादिङ । सिद्धलेक गाउँपालिका–१ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपालीहरुको महानपर्ब बडा दशैं, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले जानकारी दिनुभयो ।
बिधार्थी र शिक्षक शिक्षिका बीचको सम्बन्ध विस्तारसँगै चाडपर्वको मौलिकताबारे बिद्यार्थीहरुमा परिभाषित गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कोइरालाले बताउनुभयो ।
कार्यक्रममा शिक्षक शिक्षिकाले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई रातो टिका, जमरा लगाएर आर्शिवादसँगै दक्षिणा दिइएको स्कुलकी व्यवस्थापक ममिता अर्यालले बताउनुभयो ।
कार्यक्रममा बिद्यार्थिहरुले बिभिन्न सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
तस्विरहरु :
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |