धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले गंगाजमुना गाउँपालिका–४ का अपाङ्गता भएका एक नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वको टोलिले गंगाजमुना–४ की अस्मीता थापा र धनमाया वाँडालाई शनिबार घरमै पुगेर नागरिकता वितरण गरेको हो ।
दुबैजनालाई राष्ट्रिय परिचयपत्रको लागि विवरण समेत दर्ता गरी राष्ट्रिय परिचयपत्र नम्बर समेत उपलब्ध गराईएको छ।
नागरिकता लगायतका सेवालाई नागरिकको पहुँचमा सरल र छिटो ढंगले पु¥याउने उद्धेश्यले प्रशासन कार्यालयसम्म पुग्न नसक्नेलाई घरमै सेवा दिएको र यसलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।
जिल्लाका अन्य स्थानमा अशक्त र अपांगता भएका सेवाग्राहीहरू रहेको पाईए त्यस्ता सेवाग्राहीलाई समेत यथाशीघ्र सेवा उपलब्ध गराईने उहाँको भनाई छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |