धादिङ । थाक्रे गाउँपालिका–२ महादेवबेशी स्थित आग्रा मनहरीबाटबाट ९ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–८ आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र २३ वर्षीय सागर भन्ने नारायण दमाई रहेका ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।
आइतबार बिहान प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्राबाट महादेववेशीतर्फ जाँदै गरेको ना.४ ख ४८३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।
उनीहरुले शरिरमा लगाउने खल्ती भएको कपडाको भोटो बनाई, सो भोटो कपडा शरिरमा लगाई सोही कपडा भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |