नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने भएको छ ।
तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि दैनिक दिउँसो चार घण्टा बन्द हुँदै आएको सडक आजदेखि सडक दिउँसो पनि बन्द नहुने भएको हो ।
पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा पुगेको र अब यही कामका लागि भनेर गाडी रोक्नु नपर्ने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका प्रमुख केदार नेपालले बताउनुभयो ।
यो सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द हुँदै आएको थियो।पहाड काट्न तेस्रो पटक थपेको म्याद हिजो शनिवार सकिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |