धादिङ पुस ६ ,आठौँ धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने हुनुभएको छ । पुष ७ गतेदेखि १७ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेलाइ प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको धादिङका उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक विष्णु थपलियाले बताउनुभयो । संघको प्रतिनिधि मण्डलको टोलीले पाण्डेलाइ भेटेर प्रमुख अतिथिको निमन्त्रणा पत्र दिएको थियो । महोत्सवको उद्घाटन पुष ७ गते अपरान्ह १२ बजे गर्ने कार्यक्रम तय भएको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव हुदैछ । उद्घाटन सत्रअघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाथ देखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाइ समेटेर झाँकी तथा शोभा यात्रा निकालिने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |