धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङ गरमछापका मिलन विश्वकर्मा र गायिका सुनिता बुढा क्षेत्रिको आवाजमा रहेको गीत ‘दुखैको मुखिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
शुक्रबार अनिल बिष्ट प्युठानी नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अर्जुन खत्रिको शब्द, प्रिति मंगोल थेगो तथा संगीत तथा संगीत संयोजन पुर्ण संयोगले गरेका छन्।
गीतको भिडियो निर्देशन बिशाल बरालले गरेका हुन्।
म्युजिक भिडियोमा अर्जुन खत्रि र रिना गुरुङले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन बिरेन्द्र परियारले गरेका हुन् भने भिडियोको सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन्।
म्युजिक भिडियोको छायांकन सिद्धलेक गाउँपालिकाको विभिन्न ठाउँमा गरिएको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |