धादिंग कार्तिक २०
धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नु पर्ने नेकपा एमाले अध्यक्ष केपि ओलीले बताउनु भएको छ ।
नागढुँगा सुरुङमार्गको निरिक्षण गर्न आइतबार आइपुग्नु भएका नेकपा एमाले अध्यक्ष ओलीले खत्रीपौवामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै धादिङकोविकासका लागि एमालेले जित्नै पर्ने बताउनुभयो । ओली प्रधानमन्त्री भएको बेला गरिएकोसुरुङ बनाउनेनिर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको बताउनुभयो।
चिनदेखि भारत जोडिने अन्तार्राष्ट्रिय राजमार्ग समेत धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकोले विकासको यो निर्माण गर्ने जिम्मा समेत एमालेले लिएको बताउँर्दै एमाले अध्यक्ष ओलीले एमाले बाहेक अरुले विकासको काम गर्न नक्ने दावी गर्नुभयो । धादिङको समस्याको रुपमा रहेको श्री ५ को बायुगुठी समस्यासमाधान गर्न आफू लाग्ने बताउँदै ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताउनुभयो ।
एमाले अध्यक्ष ओलीको स्वागतका लागि आयोजित कार्यक्रममा ओलीले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सदस्य भुमी त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यमा रमेश आचार्य रहोकोले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह समेत गर्नु भयो । पार्टी छाडेर जानुभएका नेत्र पौडेललाई धेरै अवसर रहेकोले पार्टीमै फर्कन समेत अनुरोध गर्नुभएको छ ।
उम्मेदवार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को सदस्य भुमी त्रिपाठी र क्षेत्र नम्बर १ को (क) को प्रदेस सभा सदस्यमा रमेश आचार्य लगायतले स्वागत गर्नुभएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |