नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित हुनुभएको छ । सचिवमा ललितपुरका नवराज सिलवाल एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँले ५६८ र अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो।
यस्तै, उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६मतले विजयी हुनुभएको छ । नेतृत्वले सर्वसम्मतिबाट प्रदेश कमिटी चयन गर्ने प्रयास असफल भएपछि हिजो मतदान भएको हो ।
प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा भने निर्विरोध निर्वाचित भएका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |