धादिङ। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ट्रकमा आगलागी भएको छ ।
भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौ तर्फ आउदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको हो ।
केमिकलहरु एक आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विकले बताउनुभयो ।
गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन। राजमार्गमा दुवै तर्फी सवारी रोकिएको छ ।
धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकोले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |