धादिङ २४ पुस । महालक्ष्मी विकास बैंक लिमिटेड धादिङ शाखाले नीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको कर्णेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले विद्यालयमा अध्ययनरत गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सहायता कोष मार्फत छात्रवृत्ति प्रदान गरेको हो ।
आइतवार विद्यालयमा भएको एक कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई बैंकका शाखा प्रबन्धक खिलप्रसाद सिलवालले रु ३५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त छात्रवृत्ति विद्यालयको ६२ औँ स्थापना दिवस, खेलकुद, दोस्रो त्रैमासिक परिक्षाको नतिजाको पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रमको अवसर पारेर वितरण गरिएको थियो । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले प्रदान गरेको छात्रवृत्ति रकमले गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुले शिक्षा हासिल गर्न थप सहयोग पुग्ने अपेक्षा राख्दै बैंकले यस्ता कार्यक्रम वार्षिक रुपमा गर्दै आएको र आगामि दिनमा पनि गर्दै जाने शाखा प्रबन्धक सिलवालले बताउनुभयो । यस्तै विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीले महालक्ष्मी बैंकले प्रदान गरेको छात्रावृत्तिले गरिब तथा जेहन्दार विद्यार्थीहरुको शैक्षिक विकासको लागि ठुलो सहयोग पुगेको भन्दै बैंकका शाखा प्रबन्धक खिलप्रसाद सिलवाललाई सम्मान पत्र प्रदान गर्नुभएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |