धादिङ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा आर्थिक संकट आउनु काँग्रेसकै कमी कमजोरीका कारण रहेको बताउनुभएको छ ।
शनिबार सदरमुकाम धादिङबेशीमा नेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै डा.कोइरालाले हामीहरुको शासकिय कमिकमजोरीको कारण नै देशमा आर्थिक संकट उत्पन्न भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘ हामीहरुको शासकिय कमिकमजोरीको कारणले यो देशमा आर्थिक संकट भएको भन्ने कुरा अब हामिले लाज नमानी भने हुन्छ ।’
देशमा बेरोजगारका कारण युवाहरु पलायन भईरहेको भन्दै कोइरालाले भन्नुभयो,‘उत्पादन बृद्धिमा गहन छलफल काँग्रेसमा त भएकै छैन सरकार, मन्त्रिमण्डलमा समेत नहनुु विडम्वना हो।’
उहाँले यो देशमा आर्थिक, राजनितिक संकटसँगै धार्मिक र साँस्कृतिकमा अराजकता बढेकोले यसलाई रोक्न काँग्रेसले मात्रै सक्ने बताउनुभयो ।
यस्तैै पार्टीभित्र विवाद हुने भन्दै हरेक विवादलाई छलफलमार्फत टुङ्ग्याउनुपर्ने बताउनुभयो । अब बलियो काँग्रेस कसरी बनाउने भन्ने बिषयमा पार्टीभित्र गहन छलफलको आवश्यक देखिएको नेता कोइरालाले बताउनुभयो ।
नेपाली काँग्रेस अब आउने निर्वाचनमा कसैको बैशाखि टेकेर अगाडी नजाने र एक्लै चुनाव लड्ने भन्दै सबै नेता तथा कार्यकर्ताले व्यक्तिवादी चरित्र त्यागेमा काँग्रेस एक्लै चुनाव लडेर एक नम्बरको पार्टी बन्ने बताउनुभयो ।
उहाँले अब संविधानमा संशोधन गरेर समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने र प्रत्यक्षतर्फ नै सबै क्लष्टरहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।
काँग्रेस जिल्ला सभापति रामनाथ अधिकारीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा डा.कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा केन्द्रिय सदस्यहरु, बिभिन्न पालिकाका प्रमुख, उपप्रमुख लगाएतको आतिथ्य रहेको थियो ।
तर पार्टीलाई विधानत संचालन गर्न पटक पटक आग्रह गर्दा पनि सभापति रामनाथ अधिकारीले स्वच्छचारी ढंगबाट पार्टी संचालन गरेको भन्दै केन्द्रीय सदस्य दिलमान पाख्रिन, निवर्तमान सभापति रमेश धमला, नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले प्रथम जिल्ला सम्मेलन बहिस्कार गरेका छन् ।
सम्मेलनमा महासमित सदस्य बासु तिम्मलसेना र दुवै क्षेत्रका क्षेत्रीय सभापति द्वय राकेश धमला, कुमार सिंखडा पनि सहभागि भएनन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै निवर्तमान सभापति धमलाले जिल्ला सम्मेलन गुटको भेला मात्र भएकाले सहभागि नहुन नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |