धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित सल्यानटारमा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ ।
हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ को प्रवर्द्धन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म सल्यानटारमा पहिलो पटक कृषि प्रदर्शनी तथा व्यापार मेला हुने आयोजक सहकारीका अध्यक्ष शुरेस कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मेलाको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गर्ने श्रेष्ठले बताउनुभयो।
मेलाको मुख्य आकर्षणहरुमा स्थानीय उत्पादनलाई प्रोत्साहन, कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिँचाई, मौरी पालन, जैविक मल आदिको प्रदर्शनी, कृषि डिजिटलाइजेसनको लागि ‘जियो कृषि एप’ को बारेमा कृषकलाई जानकारी तथा प्रदर्शनी रहने आयोजकले अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
साथै मेलामा व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिने,स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकारसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।
मेलालाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय स्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुतिका साथै बालबालिकाका लागि बालउद्यान समेत रहने श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार मेलाकै अवसर पारेर स्थानिय धार्मिक स्थलहरुको अवलोकन गराईने र प्रथम सल्यानटार डान्स आईडल २०८० छनोट समेत गरिने छ।
मेला हुने स्थानमा स्टल, मञ्च, घेराबार लगाएत निर्माण कार्य तिव्र गतिमा भईरहेको आयोजकले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |